काठमाडौं । नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न तयार रहेको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको पार्टीको सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाउन तयार भए एमाले नयाँ ढंङ्गले अघि बढ्न तयार रहेको बैठकले निष्कर्ष निकालेको नेताहरुले जनाएका छन् ।
बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसंग भएको छलफलका बिषयमा सचिवालयमा कुराकानी भएको बताउनुभयो । उहाले सरकार परिवर्तन गर्ने कुरा प्रधानमन्त्रीको कुरा भएको जिकिर गर्नुभयो । उहाले टिआरसीलाई मिलाएर लैजानुपर्ने बताउनुभयो । त्यस्तै एमाले अध्यक्ष केपी ओलीले सोमबार बिहान अन्य दलका नेताहरुसंग पनि छलफल गर्नुभएको थियो ।
