वीरगञ्ज । पछिल्लो समय वीरगञ्जमा लामखुट्टेको बीगबीगी बढ्दै गएको जनगुनासोपछि वीरगञ्ज महानगरले लामखुट्टे नियन्त्रण गर्न विषादी छर्ने तयारी गरिरहेको छ।
आगामी कार्तिक १ गतेदेखि महानगरका वडा–वडामा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्न सुरु गरिने महानगरपालिकाको सरफाई व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले जानकारी दिए ।
उनका अनुसार लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि कार्तिक १ गतेदेखि लामखुट्टे मार्ने विषादी छर्ने काम सुरु गरिने छ ।
महानगरका मेयर राजेशमान सिंहको निर्देशन अनुसार लामखुट्टेको लार्भा मार्नका लागि एयर स्प्रे र पम्प स्प्रे गर्ने तालिका रहेको उनले बताए । मियाँका अनुसार विषादी, पानी र मट्टितेलको मिसावट गरी बनाइएको स्प्रे कार्तिक १ गतेदेखि छर्न सुरु गरिनेछ ।
जाडो मौसमको सुरुवातमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि महानगरले हरेक वडामा दैनिक तालिका बनाएरै बिहान र बेलुका ‘एयर स्प्रे’ र ञपम्प स्प्रेझगरिने उनले बताए ।
वीरगञ्जका मेयर सिंहले नगरवासीलाई लामखुट्टेको प्रकोपबाट बचाउन दैनिक तालिका बनाएर हरेक वडामा विषादी छर्ने व्यवस्था मिलाउन निर्देशन दिएको र त्यही अनुरुप यहि कात्तिक १ गतेदेखि एयर स्प्रे र पम्प स्प्रेको काम सुरु गरिने उनले बताए ।
विषादी छर्ने अभियान ३२ वटै वडामा कार्तिक २८ गतेसम्म चल्ने मियाँले जानकारी दिए । चिसो र गर्मी मौसम शुरु हुँदै गर्दा वीरगञ्जमा लामखुट्टेको अत्याधिक बीगबीगी बदेको छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेका लामखुट्टे नियन्त्रण गर्न महानगरले विषादी छकर्ने अभियान सञ्चालन गर्दै आएको छ ।



