काठमाडौं । गोरखामा क्रेन दुर्घटना हुँदा बाराका जिल्लाको एक जनाको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका – १९ का १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुब्र प्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार आइतबार साँझ ८ बजेको समयमा गोरखा नगरपालिका – १० हुल्चेमा निर्माणाधीन अविनाश अर्बाएकर प्रालि ह्रयाचरीमा काम गरिरहेका बेला नम्बर नखुलेको क्रेन एक्कासि ब्रेक फेल भई काम गरिरहेको स्थानबाट २० मिटर तल खोलामा खस्न जाँदा सोही प्रालिमा काम गर्ने अन्सारीको क्रेनले चेपी मृत्यु भएका छ ।
मृतक अन्सारीलाई जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली पुगी प्रारम्भिक अनुसन्धान पुरी गरी मृतक प्रिन्स अन्सारीको लास पोस्टमार्टम कार्यको लागि जिल्ला अस्पताल गोरखाको सब गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सोही क्रेनका चालक पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका – ३० स्थायी घर भएका २४ वर्षीय अजहर अन्सारीलाई नियन्त्रणमा लिई घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
