काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा नछाड्ने स्पष्ट पार्नुभएको छ । रोटरी क्लव आफ पाटन हेरिटेजले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाले व्यक्ति वा संस्थाले कव्जा गरेको सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने र सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा नछाड्ने बताउनुभएको हो ।
उहाले सरकारी जग्गा हडप्नेलाई कारवाही गर्न खोज्दा चारैतिरबाट बिरोध हुने गरेपनि सरकार पछि नहट्ने जिकिर गर्नुभयो । ललिता निवास, छाला तथा जुत्ता कारखानाको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भइसकेको उहाले बताउनुभयो । राजनीतिक पहुँच भएकै भरमा जेपनि गर्न हुने कुरालाई खण्डित गर्नुपर्नेमा उहाले जोड दिनुभयो । गृहमन्त्री श्रेष्ठले हरेक बर्ष चार लाख युवाहरु नफर्किने गरि विदेशीने गरेको भन्दै यसलाई रोक्नुपर्ने बताउनुभयो ।



