वीरगञ्ज । वीरगञ्ज–१७ अलौंस्थित आइसिपी चोकमा स्थानीयबासीले गर्दै आएको प्रदर्शनसहितको आन्दोलन शुक्रबार दिउँसो देखि स्थगीत भएको छ । जिल्ला प्रशासन कार्याालय पर्सामा शुक्रबार भएको वार्तामा ट्यांकरको ठक्करबाट मृत्यु भएका युवक का परिवारलाई क्षतिपुर्ति दिने लगायतका सहमति भएपछि आइसिपी चोकमा बिहीबार दिउँसोदेखि गरिएको प्रदर्शन र सडक जामसहितको आन्दोलन आज २ बजेदेखि स्थगीत भएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको उपस्थितीमा भएको वार्ता मा मृतकका परिवारलाई क्षतिपुर्त बापत यातायात व्यवसायीले ९ लाख ५० हजार रुपैयाँ दिने, अस्पतालको खर्च व्यहोर्ने तथा दुर्घटनाग्रस्त मोटरसाइकल मर्मतमा लाग्ने खर्चसमेत ब्यहोर्ने सहमति भएको हो । तथा आन्दोलनका कार्यक्रम स्थगीत गर्ने सहमति भएको वार्ता मा सहभागी वीरगञ्ज–१७ का वडाध्यक्ष सन्जिवबहादुर छत्कुल्लीले बताए ।
वार्तामा मृतक युवकका परिवाारजन र आफन्त, यातायात व्यवसायीका प्रतिनिधी, पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतको पनि सहभागीता रहेको मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले बताए ।
वार्तामा सहमति भएपछि शव नारायणी अस्पतालमा पोष्टमार्टम गरेर परिवारजनले बुझेर अन्त्येष्टीका लागि लगेको वडाध्यक्ष छत्कुल्लीले बताए ।
वीरगञ्ज–१७ अलौंस्थित आइसिपी चोकमा बिहीबार ना ६ ख ७५०३ नम्बरको ट्यांकरको ठक्करबाट ना २९ प ६९५१ मोटर साइकल चालक वीरगञ्ज–१७ अलौंका २२ वर्षिय टिनु कुमार साह तुराहा गम्भीर घाइते भएकोमा वीरगञ्जको गण्डकस्थित बयोधा मेडिसिटी हस्पिटलमा उपचारका क्रममा बिहीबार राति नै उनको मृत्युु भएको थियो ।
