काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षको बिषय गठबन्धनबाटै टुङ्गो लगाइने बताउनुभएको छ । शुक्रबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै देउवाले कांग्रेस एक्लैले अध्यक्ष बनाउन नसक्ने भन्दै गठबन्धनबाटै टुङ्गो लगाइने बताउनुभयो । उहाले अहिले गठबन्धनभित्र कुनै समस्या नरहेको भन्दै निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाले एक पार्टीभित्र अर्को पार्टीको बिषयमा छलफल र कुराकानी हुनु सामान्य भएको जिकिर गर्नुभयो ।



