sf7df8f}F !! kmfu'g M ;ª3Lo k|ltlglw;efsf] z'qmaf/ a}7s ;~rfng ub}{ ;efd'v b]j/fh l3ld/] . tl:a/ M k|bLk/fh jGt÷/f;;
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सांसदले उठाउनुभएको बिषयमा फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । शुक्रबार बसेको बैठकमा बिभिन्न बिषयमा सरकारको जवाफ माग गर्दै बिपक्षी दलहरुले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको हो । यसअघि पनि सांसदहरुले बालकुमारी घटना, भ्रष्टाचारका आरोप लागेका मन्त्री हटाउनुपर्नेलगायत विषयमा स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै आएका थिए ।
सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिन सभामुखले रुलिङ गर्दै आउनुभएको थियो । तर सरकारको जवाफ नआएपछि सभामुखले बिषयमा फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई पुन निर्देशन दिनुभएको हो । त्यसअघि बैठकमा बिपक्षी दलका सांसदहरुले सरकारको जवाफ माग गर्दै उठेर विरोध जनाएका थिए । नेकपा सांसद सूर्यबहादुर थापाले सभामुखले रुलिङ गर्नुभएको विषयमा सरकार गम्भीर नभएको बताउनुभयो । उहाले मिटरब्याजपीडितका समस्या, दूध किसानले आफ्नो उत्पादनको मूल्य नपाएका, बालकुमारी घटनालगायत विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।
त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पनि मिटरब्याजपीडित, लघुवित्त पीडित, दुग्ध उत्पादक किसान सडकमा रहेका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । बैंक तथा वित्तीय क्षेत्रका समस्या, नेपाली युवा रुसी सेनामा भर्ना भइरहेकामा उनीहरुलाई फिर्ता बोलाउन प्रक्रिया थाल्नेलगायत विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले पनि दुग्ध उत्पादक किसानको समस्या समाधान गर्न माग गर्नुभयो ।



