विशेष सूचनाको आधारमा मिति २०८१।०५।१० गते विहान १०स्३० बजेको समयमा जिल्ला पर्सा जिराभवानी गाउँपालिका वडा नं।१ चिनीमिल बस्ने सैफुल्लाह मियाँको घरबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका सखर ११८ बोरा र भारतीय युरिया मल ३० बोरा र भन्सार छली चोरी निकासी गर्न लागेको कस्तुरी ९ कार्टुन र एम्विशन ३ कार्टुन गरी जम्मा १२ कार्टुन पक्राउ गरी रू:१,५५,८५०( एक लाख पचपन हजार आठ सय पचास ) बराबरका मालबस्तुहरू थप अनुसन्धान तथा कारवाहीको लागि मिति २०८१।०५।१३ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो |



