वीरगञ्ज । पर्सा प्रहरीले ज्यान सम्बन्धी मुद्दामा फरार एक जना अभियुक्तलाई पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालबाट खटिएको प्रहरी टोलीले ज्यान सम्बन्धी कसुर तथा डाँका मुद्दाका फरार प्रतिवादी कृष्ण साह तेलीलाई वीरगञ्ज महानगरपालिका वाड नम्बर १२ मुर्लीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरीको टोलीले जिल्ला अदालतको फरार सूचिमा रहेका तेलीलाई मुर्लीबाट पक्राउ गरेको प्रहरी प्रवक्ता दीपक भारतीले बताए । पक्राउ परेका तेलीलाई थप कारबाहीका लागि जिल्ला अदालतमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।



