काठमाडौं । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय मुद्दामा दलहरुबीच न्यूनतम सहमति कायम गर्नुपर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रियसभा बैठकमा संक्रमणकालिन न्यायसंगसम्बन्धीत बिधयेकको छलफलमा भाग लिदै श्रेष्ठले सरकारमा रहदा वा नरहदा विरोध वा समर्थन गर्ने नभई कम्तिमा राष्ट्रिय मुद्दामा दलहरुबीच न्यूनतम सहमति कायम गर्नुपर्ने बताउनुभएको हो ।
उहाले अहिलेको मुलुकको ऐतिहासिक आवश्यकतामा सवै दलहरु गहन हुनुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले लोकतन्त्र, सामाजिक आर्थिक रुपान्तरण र शान्तिका लागि गम्भीर हुनुपर्ने भन्दै यसमा आफु अनुकुलको व्याख्या र व्यवहार गर्न नहुने जिकिर गर्नुभयो ।
वास्तविक रुपमा जनताले लोकतन्त्रको महशुस गर्न नसके देश अघि बढ्न नसक्ने भएकाले यसका लागि दलहरुले अगुवाई गर्नुपर्ने उहाले बताउनुभयो । उहाले लोकतन्त्र र शान्तिको लाभ जनतालाई दिन सके शान्ति लामो समयसम्म कायम हुनसक्ने उल्लेख गर्नुभयो ।
उहाले संक्रमणकालिन न्यायसंगसम्बन्धीत बिषय टुङ्गीन लामो समय लाग्नु स्वभाविक नरहेको भन्दै अब पिडित र सरोकारवा हरुको आवाजलाई सम्बोधन गर्ने गरि सर्वस्वीकार्यताका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । आफ्नै माटोमा जन्मिएको शान्ति प्रक्रियालाई अव सवै मिलेर निष्कर्षमा पुराउनुपर्ने उहाको भनाइ छ ।



