काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्नहरु भइरहेको बताउनुभएको छ ।बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुको अस्वस्थ प्रतिष्पर्धा वा अहिलेको प्रणालीलाई मन नपराउनेहरुले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न गरेको बताउनुभएको हो ।
सवै कुराहरुलाई ध्यानामा राखेर जनतामा रहेका निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको र छाटो अवधिमा पनि सकारात्मक परिणामहरु देखापर्न थालेको उहाले बताउनुभयो । अहिलेको सरकारलाई काम नगर्ने छुट नरहेको भन्दै जनतामा आशा जगाउनका लागि गम्भीर भएर काम गर्ने बताउनुभएको हो ।
शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रका धेरै अघिदेखिको समस्या समाधानका लागि सरकार दतचित्त भएर लागेको उहाले बताउनुभयो । नेपालको राजनीतिमा ऐतिहासिक भूमिका निर्वाह गरेको दलहरु अहिले सरकारमा रहेको भन्दै प्रधानमन्त्री ओलीले आशंका नगर्न आग्रह समेत गर्नुभयो । भ्रष्टाचारसम्बन्धी प्रकरणमा कुनै सम्झौता नगर्ने र शुन्य सहनशीलताका साथ अघि बढ्ने उहाले बताउनुभयो ।
उहाले भ्रष्टाचारसम्बन्धी बिषयलाई प्रचारबाजीको रुपमा नभई तथ्यका आधारमा निमूल पार्ने जिकिर गर्नुभयो । ओलीले अहिलेको सरकारले देखावटी नभइ परिस्थीतिमा सकारात्मक परिणाम दिने उदेश्यका साथ अघि बढेको जिकिर गर्नुभयो ।
उहाले राष्ट्रको आवश्यकताका आधारमा दलहरुबीचको सहमतिका साथ संविधान संशोधन हुन सक्ने भन्दै यस बिषयमा गलत प्रचारवाजी भएको बताउनुभयो ।
उहाले मनसुनका कारण प्रभावितहरुलाई राहत, पुनस्र्थापनाका साथै अन्य कामहरु सरकारी तवरबाट भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको जनाउनुभयो ।
घरजग्गा कारोवार क्रमशःबृद्धि हुंदै गएको र पूँजीबजारमा उल्लेखनीय सुधार आएको र निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
((



