वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । पर्सामा चार सय ८९ किलो लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
पटेर्वा सुगौली गाउँपालिका–४ अकवा गाँउको बाँसघारीमा लुकिरहेको अवस्थामा कालिकामाई गाउँपालिका–१ बस्ने ४० वर्षका फुलसरिफ मियाँ गएराति ८ः०० बजेको करिबमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनको साथबाट ३० किलो गाँजा तथा एक सय ९२ किलो चरेस र गाँजाको धुलो (पोलान्ड) दुई सय ६७ किलो बरामद गरेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दीपक भारतीले जानकारी दिनुभयो ।
पक्राउ परेका मियाँविरुद्ध लागूऔषध कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका लागु औषध गाँजासहित आरोपितलाई सवा १२ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
