काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई उत्तरदायि बनाउन सञ्चारमाध्यमले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको सङ्ग्रहालय उद्घाटन गर्दै उहाले सरकारलाई सहि काम गर्नका लागि प्रेरित गर्न तथा उत्तरदायी बनाउन सञ्चारमाध्यमले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो ।
उहाले सञ्चारमाध्यमले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न सके भने सरकार नागरिक प्रति उत्तरदायी हुन बाध्य हुने उल्लेख गर्नुभयो । दुनियाँको कुनै पनि प्रेस स्वतन्त्र नरहेको जिकिर गर्दै मन्त्री गुरुङले कसैलाई सिद्ध्याउनले गरि सञ्चारमाध्यमले काम गर्न नहुनेमा जोड दिनुभयो ।
उहाले नेपाली पत्रकारिता विगतको भन्दा अमर्यादित र अव्यवस्थित बन्दै गएको भन्दै सबै आफ्नो ठाउँबाट सच्चिएर जानु पर्ने बताउनुभयो । त्यस्तै उहाले देश निर्माणमा सवैपक्षबीच एकता जरुरी रहेको धारणा राख्नुभयो ।
