सप्तरी । सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार बिहान साढे ६ बजे शम्भुनाथ नगरपालिका-५ पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
चालक मोरङ उर्लाबारी न।पा। १ बस्ने २५ वर्षीय सबिन राईको मृत्यु भएको हो । मधेश प्रदेश-०३-००१ ख ८१८१ नं. को १२ चक्के ट्रक मोहनपुर पुलबाट अन्दाजी २० मिटर तल खसेको हो ।
पुलबाट खसेर दुर्घटना हुँदा चालक सोही ट्रकमा फसेका थिए । सोही ट्रकमा च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको डिएसपी न्यौपानेले बताए । क्रेन र जेसिबीको सहयोगमा शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
