काठमाडौं । नेपाली बजारमा पँहेलो धातु (सुन) को मूल्यले अहिलेसम्मको रेकर्ड ब्रेक गरेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । आज सुन तोलामा २१ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ । यस्तै चाँदीको मूल्य आज तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ ।
