रौतहट : नगरक्षेत्रलाई धुवा मुक्त क्षेत्र बनाउने उदेश्यले पालिकाका प्रत्येक घर परिवारलाई ग्यास सिलिन्डर चुल्हो सेट सहित वितरण गरिएको परोहा नगरपालिका का नगर प्रमुख शेष वकीलले बताए । बढदो आधुनिकीकरण तथा स्वास्थ्य समस्यालाई मध्य नजर गरि तथा महिलाहरुको मनोवल उच्च गर्ने उदेश्यका साथ सिलिन्डर चुल्हो सेट वितरण गरिएको मेयर वकीलले भन्दै, यसले पालिकालाई वतावरण मैत्री बनाउनमा सहयोग हुने बताए । परोहा नगरपालिकाको करिव ७ हजार पाँच सय घर परिवारलाई उक्त ग्यास सिलिन्डर चुल्हो सेट वितरण गरिएको छ । गत आर्थिक वर्षमा वडा नंं: १ का सम्पूर्ण घर परिवारलाई वितरण गरि सकिएको तथा हाल २, ३ र ४ वडाका करिव २ हजार ७० घरपरिवालाई वितरण गरिने तथा बाँकी सवैलाई एक दुई महिना भित्र वितरण गर्ने मेयर वकीलले बताए । गत निर्वाचनमा मेयर वकीलले प्रत्येक घरपरिवालाई ग्यास सिलिन्ड तथा चुल्हो वितरण गरिने वाचा अनुसार नै वितरण गरिएको उप मेयर सुगन्धी गिरिले बताइन । परम्परागत तरिकाले दाउराले खाना पकाउँदा गृहिणीको स्वास्थमा प्रतिकुल असर पर्ने र समय समेत खेर जाने भएको ठहर सहित पालिकालाई धुवाँमुक्त बनाउने मेयर शेष वकीलले घोषणा गरेका थिए । वितरण कार्यक्रममा उप मेयर सुगान्धी गिरि प्रमुख प्रशासकीय अधिकृत मो : महफुज अहमद, ईन्जीनियर दिपेन्द्र यादव, वडा अध्यक्षहरु, कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
