मो.तन्वीर आलम, रौतहट । देवाही गोनाही नगरपालिका वडा नं १ को प्रशासनिक भवन ४० लाख लागतमा निर्माण सम्पन्न भएको छ । ४० लाख खर्चेर वडा कार्यालयको भवन निर्माण भएको छ । वडा कार्यालय भवनमा चार कोठा छन् ।
वडा अध्यक्ष शेख सफिना खातुनले आईतवार भवन उद्घाटन गर्दै वडामा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई निरन्तरता दिने बताए ।
उनले वडावासीको सुविधाका निम्ति बाटो, भवन, संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । वडा सचिव महेस कुमार पंडित अब सेवा प्रवाहमा सहजता हुने बताउँदै जनभावनाअनुसार जनप्रतिनिधि र कर्मचारीले नगरवासीको सेवा गर्ने विश्वास व्यक्त गरे ।
