काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । वीरगञ्जको अलखिया मन्दिर, पशुपतिनाथको मन्दिर तथा काठमाडौंको पशुपातिनाथ मंदिरलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
यता काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउने सोमबारको व्रत बस्ने र पूजा गर्न आएका भक्तजन तथा बोलबम यात्रुको भीड लागेको हो । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउन भक्तजन आउने गर्दछन् ।
साउन महिनाको सोमबार विवाहित महिलाले व्रत बसेमा अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यस्तै अविवाहित महिलाले व्रत बसेमा चाहेको जस्तो वर प्राप्त हुने विश्वास रहेको छ ।
भक्तजनरदर्शनार्थीका लागि बिहानैदेखि मन्दिरमा सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको बताइएको छ ।
यस्तै आज पशुपतिनाथका साथै गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देव घाट, म्याग्दीको गलेश्वर वीरगञ्जको अलखिया बाबा मंदिरलगायत देशभरका शिवालयमा दर्शन गर्ने तथा पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।
