काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणलाई जुनसकै बेला अनुसन्धान गर्न मिल्ने गरि कानून निर्माण गर्नुपर्ने बताउनुभएको छ । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले भ्रष्टाचारसम्बन्धी कुनै पनि प्रकरणमा समयावधी नराखि जुनसकै बेला अनुसन्धान गर्न मिल्ने गरि कानून निर्माण गर्नुपर्ने बताउनुभएको हो ।
कुनै पनि बेला भ्रष्टाचार गरेको छ भने अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै पाँच बर्षको सीमा हटाउनुपर्ने रास्वपाको मत रहेको उहाको भनाइ छ । लामिछानेले कसैलाई देखाउनका लागि नभइ देशका लागि आफुले गृहमन्त्रालयमा रहदा काम गरेकाले अहिले नेतृत्व सम्हालेका मन्त्रीले त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै लामिछानले सार्वजनिक सवारीलाई प्रभावकारी बनाउनका लागि काम गरिरहेकाले त्यसलाई प्रभावकारी बनाउन आफ्नो अनुभवका लागि सार्वजनिक सवारी साधन चढेको स्पष्ट पार्नुभयो ।



