काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशको बिकासमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा उहाले नेपाली युवाहरु देश र बिदेशमा जुनसुकै क्षेत्रमा अव्वल गरेको भन्दै देशको बिकासमा परिचालन हुनुपर्ने बताउनुभएको हो ।
उहाले २०५१ सालमा आफु रक्षा मन्त्री भएकैबेला महिलाहरुलाई नेपाली सेनामा भर्ती गर्ने प्रचलनको सुरुवात गरेको बताउनुभयो । उहाले सोही समयमा नै तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि उनलाई बर्खास्त गरेको समेत स्मरण गर्नुभयो ।
उहाले छोरा र छोरीबीच कसैले पनि भेदभाव गर्न नपाइने भन्दै समान अधिकारका लागि पनि आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।



