काठमाडौं । भारतको रेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झारखण्डको सरायकेला–खरसावन जिल्लामा मंगलबार बिहान मुम्बई–हावडा मेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बीबीसी हिन्दी अनुसार एक वरिष्ठ रेल अधिकारीको मृत्यु भएको पुष्टि गरेका छन् । राहत र उद्धार कार्य जारी रहेको रेल अधिकारीहरूले बताएका छन् ।
