काठमाडौं । आज साउन महिनाको दोस्रो सोमवार पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिनाका हरेक सोमवार मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ व्रत बसेर शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने चलन छ ।
आज काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर र सन्तानेश्नर चितवनको देवघाट, खोटाङको हलेसी, वीरगञ्जको अलखिया मंदिरलगायत का मन्दिरमा हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो छ ।
पशुपतिमा बोलबम यात्रीहरु पनि उल्लेख्य सहभागी भएका छन् । बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट पैदल हिँडेर शुद्ध जल लगेर पशुपतिमा चढाउने गर्छन् ।
