काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १७५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
