काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्षीमा कुनै गठबन्धन नबनाइ अघि बढ्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले जनताका मुद्दाहरुलाई स्थापीत गर्न र सदनलाई सहि दिशा दिनका लागि कुनै गठबन्धन नबनाइ सदनमा शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।
अहिलेको गठबन्धन लोकतन्त्रलाई बलियो बनाउदैन भन्ने नै पार्टीको निष्कर्ष रहेको उहाले बताउनुभयो । उहाले मुद्दाहरुका बिषयमा भने अन्य प्रतिपक्षी दलहरुसंग सहकार्य गर्र्ने बताउनुभयो । संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतको बिपक्षमा मत दिने निर्णय गरेको छ ।
