वीरगञ्ज । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गएको पहिरोले बगाएको एञ्जल बसमा सखुवा प्रसौनीका एकै परिवारका ३ जना सहित पाँच जना परेका छन् ।
आज बिहान सिमलतालमा गएको लेदो सहितको पहिरोमा वीरगञ्जबाट काठमाडौं गईरहेको एञ्जल डिलक्स बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाका–२स्वास्थ्यकर्मी र एकै परिवारका तीनजना परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले जानकरी दिए ।
उनका अनुसार एञ्जल बस दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका– २ जमुनियाका एकै परिवारका तीनजना परेका छन् । जमुनियाका हृदयनारायण चौधरी थारु, उनकी श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा रहेका छन् ।
उनीहरु तीन जनाको परिवार उपचारका लागि काठमाडौं गएको जानकारीमा आएको गाउँपालिका अध्यक्ष यादवले बताए । स्वास्थ्यकर्मीहरुमा सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा कार्यरत रेडियो ग्राफर कलैया उपमहानगरपालिकाकी श्रृष्टि यादव र ल्याब असिस्टेण्ट सखुवा प्रसौनी गाउँपालिका – ३ कट्या डुबरवानाका रैफुल अन्सारी रहेका छन् ।
घटनाको जानकारी पाएपछि गाउँपालिका अध्यक्ष यादव सहितको टोली घटनास्थलतर्फ हिडेको उनले बताए । खोजी र उद्दारमा खटिएकाहरुले पनि प्रयास मात्रै जारी राखेका अहिलेसम्म केही सफलता हात पार्न नसकेको खबरहरु आईरहेका छन् ।
