वीरगञ्ज । झण्डै २ करोड मूल्य बराबरका भन्सार छलीका सामानहरु लोड रहेको आशंका दुई वटा ट्रकहरु पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले एक करोड ८९ लाख ५० हजार ६२२ मूल्य बराबरका भन्सार छलीका सामान लोड रहेको आशंकामा ट्रकहरु नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नम्बरको दुईटा मालवाहक ट्रकहरु पक्राउ गरेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ आइसीपी गेटस्थितबाट हार्डवेयर तथा मोटरपार्टसका सामानहरू लोड रहेका ट्रकहरु नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताए । पक्राउ परेका सामाननसहित ट्रकहरु आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको उनले जानकारी दिए ।
