वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले यहीँ असार २३ र २४ गते दुई दिन महानगरक्षेत्रभित्र माछामासु तथा मदिरा निषेध गरेको छ । माईस्थानस्थित गहवामाई मन्दिरको १२ औं बार्षिकोत्सवको अवसरमा हुन लागेको रथयात्राको दिन असार २३ र २४ गते माछामासु तथा मदिर बिक्रिवितरणमा रोक लगाएको हो ।
महानगरपालिकाले सार्वजनिक सूचना मार्फत पशुपंक्षी काटमार तथा बिक्रि वितरणमा रोक लगाएको छ । आउने असार २३ गते वीरगञ्जको माईस्थानस्थित गहवामाई मन्दिरको दोस्रो रथयात्रा निकालिने तयारी गरिएको छ ।
महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले रथयात्रामा सहभागी हुन सम्र्पूणलाई आह्रान गरेका छन् । सोही अवसरमा वीरगञ्ज महानगरपालिकाक्षेत्र भित्रका सम्पूर्ण शैक्षिक संस्था पनि बन्द गर्न अनुरोध गरेको छ ।
