काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकको दिगो शान्ति, सुशासन तथा समृद्धिमा ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रात्मक व्यवस्थाको सुदृढीकरण र दिगो शान्ति, सुशासन तथा समृद्धि प्राप्तिको महत्वपूर्ण एजेण्डामा ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभएको हो ।
उहाले अहिलेको व्यवस्थाको नेकपा एकीकृत समाजवादी गहिरो प्रतिबद्धताका साथ लागि अघि बढेको जिकिर गर्नुभयो । मुलुकको परिवर्तनमा माधव नेपालले खेलेको भूमिकाको उहाले स्मरण गनुृभयो । उहाले आगामी दिनमा देशको महत्वपुर्ण एजेण्डमा समाजवादीले आवश्यक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।



