काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आम जनता र नेतृत्वको प्राथमिकता फरक–फरक हुँदा मुलुक सदैव अप्ठेरोमा पर्ने गरेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै लामिछानेले मुलुकका बिभिन्न परिवर्तनमा जनताले पटक पटक योगदान दिएपनि आम जनता र नेतृत्वको प्राथमिकतामा कहिल्यै एकरुपता आउन नसक्दा मुलुक सदैव अप्ठेरोमा पर्ने गरेको बताउनुभएको हो ।
उहाले लोकतन्त्रका बिषयमा नेताहरुले चिन्ता गर्नुनपर्ने भन्दै लोकतन्त्र अप्ठेरोमा परे जनता र कार्यकर्ताले जोगाइदिने जिकिर गर्नुभयो । दलहरुबीच शिक्षा, स्वास्थ्य लगाएत जनताका सवालमा कहिल्यै छलफल हुन नसकेको यथार्य रहेको भन्दै उहाले दलहरुबीच हुने सहमतिले जनतालाई नछोए त्यसको कुनै अर्थ नरहने धारणा राख्नुभयो ।
उहाले सवैको भाषणमा जनताको चिन्ता देखिएपनि व्यवहारमा त्यसो हुन नसकेको बताउनुभयो । लामिछानले दलहरु गम्भीर भए मुलुकको परिवर्तनलाई बलियो बनाउदै संस्थागत गर्न कुनै कठिनाइ नहुने पनि बताउनुभयो ।
