लालबाबु बानियाँ
पर्सा, १४ असोज
नेपालभर कार्यरत अतिरिक्त हुलाकका अस्थायी कर्मचारीहरूले न्यून पारिश्रमिकमा लामो समयदेखि काम गर्नुपरेको भन्दै गुनासो गरेका छन्। उनीहरूका अनुसार सरकारले अतिरिक्त हुलाकका कर्मचारीलाई मासिक करिब ७ हजारदेखि ८ हजार रुपैयाँसम्म पारिश्रमिक दिएर नियमित कार्यालय समयअनुसार काम गराउँदै आएको छ।
विशेषगरी हल्कारा, पत्रवितरक लगायतका अतिरिक्त हुलाक कर्मचारीले आफूहरूमाथि विभेद भएको गुनासो गरेका छन्। उनीहरूले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म काम गर्नुपर्ने भए पनि प्राप्त हुने पारिश्रमिक दैनिक करिब २५० रुपैयाँ मात्रै रहेको बताएका छन्।
श्रमसम्बन्धी प्रचलित व्यवस्थाअनुसार न्यूनतम ज्यालासँग तुलना गर्दा आफूहरूले पाउँदै आएको पारिश्रमिक निकै कम रहेको कर्मचारीहरूको भनाइ छ। न्यून पारिश्रमिकका कारण दैनिक गुजारा चलाउनसमेत कठिन भएको उनीहरूको गुनासो छ।
पर्साको धोबीनी गाउँपालिका–४ लंगडी इलाका हुलाकमा कार्यरत अतिरिक्त हुलाक कर्मचारी तथा पत्रवितरक जितेन्द्र पटेलले आफू २० वर्षदेखि सोही पदमा कार्यरत रहेको बताए।
उनले भने, “देशमा धेरै परिवर्तन भयो। अब नयाँ सरकारले अतिरिक्त हुलाक कर्मचारीको समस्या समाधान गर्छ भन्ने आशामा काम गरिरहेका छौँ। २० वर्षदेखि काम गर्दै आए पनि खान–बस्न पुग्ने पारिश्रमिक र सेवा–सुविधा पाउन सकेका छैनौँ।”
पटेलका अनुसार विगतका सरकारहरूले पटक–पटक आश्वासन दिए पनि अतिरिक्त हुलाक कर्मचारीको पारिश्रमिक तथा सेवा–सुविधामा अपेक्षित सुधार हुन सकेको छैन।
त्यस्तै, लंगडीकै अतिरिक्त हुलाक कर्मचारी तथा पत्रवितरक ज्ञान्ती देवीले आफू १२ वर्षदेखि यस क्षेत्रमा कार्यरत रहेको बताइन्। लामो समयदेखि काम गर्दै आए पनि आफूहरूले पाउने पारिश्रमिक न्यून रहेको उनको गुनासो छ। जिल्ला हुलाक कार्यालय पर्सा बाट अनुगमन आउदा हाकिम हरु ले भन्नू हुन्छ कि तपाईं हरु को सरकारी ड्रेस र कार्ड कहाँ छ ।
कारणयालय मा ड्रेस कपडा लगाएर आउनु पर्यो तर हामी हरु ले हाकिम संग भन्छौ कि सर हाम्रो तलब ७ हजार दुई सय छ त्यो रकम बाट एक छाक टर्न लाई ग्यास र चामल किनौ कि सरकारी ड्रेस खरिद गरौ यसै बाट आफ्नो गुजार चली रहेको छैन। देश मा मंहगाई दिन प्रति दिन बढदै गईरहेको ले यो २५० रुपैया प्रति दिन परिश्रमिक पाउँदा खान बस्नमा धाउ धाउ भईरहेको छ।
अतिरिक्त हुलाक कर्मचारीहरूले आफूहरूलाई अन्य कर्मचारीसरह उचित पारिश्रमिक, सेवा–सुविधा तथा श्रमको सम्मान हुने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले लामो समयदेखि कायम रहेको न्यून पारिश्रमिकको समस्या समाधान गरी जीवनयापन गर्न पुग्ने पारिश्रमिक निर्धारण गर्नुपर्ने बताएका छन्।
कर्मचारीहरूले नयाँ सरकारबाट आफूहरूको समस्या सम्बोधन हुने र वर्षौंदेखि भोग्दै आएको न्यून पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी समस्या समाधान हुने अपेक्षा गरेका छन्। त्यसै गरि धोबिनी गाउँपालिका हुलाक कार्यालय मा कार्यरत अस्थायी अतिरिक्त हुलाक कर्मचारी डाक बितरक भुसन पासवान लेभने १० वर्ष देखि अतिरिक्त हुलाक कर्मचारी को रुपमा काम गर्दै आई रहेको छु तर मेरो पनि २५० रुपैया प्रतिदिन परिश्रमिक पाईरहेको छु। हामी हरु को जिन्दगी बराद भयो यो जागिर को कारण गाउँ बाहिर पनि निस्केर कमाउन सकिरहेको छैन । यो सरकारी रकम ले घर को परिवार पालन मा समस्या भईरहेको छ। सरकार ले केही गर्छ भन्दै आसै आस मा परखेर बसेका छौ।
गाउँपालिका हुलाक कार्यालय मा अस्थायी अतिरिक्त हुलाक कर्मचारी हुदाहुँदै पनि जिल्ला हुलाक कार्यालय ले बल जबरजस्ती करार कर्मचारीहरु नयाँ नियुक्ती बहाली गरि पठाउने गरिरहेको उनिहरु को आरोप छ ।अस्थायी अतिरिक्त हुलाक का कर्मचारी हरु हुदा हुँदै पनि राजनितीक अधारमा करार मा नियुक्ति गरि सरकार को अर्थमा थप बोझ दिने गरिरहेको हुलाक कर्मचारी हरु को आरोप छ ।
गाउँपालिका मा रहेको हुलाक कार्यालय हरु मा एउटा दुईटा करार का कर्मचारी पठाएर अनि अतिरिक्त हुलाक कर्मचारी हरु संग काम काज गराईरहेका छन। पहिला देखि नै अतिरिक्त हुलाक का कर्मचारी हरु ले १० बजे देखि काम काज गर्दै आईरहेको थियो अहिले सरकार परिवर्तन भएपछी ९ बजे देखि ५ बजे सम्म काम काज गरिरहेका छन।
