काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार कोशी प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको हो । कांग्रेसले बहिष्कार गरेको बैठकमा ९३ मध्ये ६२ जना उपस्थीत थिए । जसमध्ये विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत प्राप्त भएको थियो भने विपक्षमा शुन्य मत परेको थियो ।
त्यस्तै राप्रपाका पाँच सांसद तटस्थ बसेका थिए । मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (४) अनुसार आफुमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावमा परेको मत बहुमत भएकाले विश्वासको मत बहुमतले स्वीकृत भएको कोशी प्रदेशका सभामुख अम्वर बहादुर बिष्टले घोषणा गर्नुभयो ।
कोशी प्रदेश सरकारको गठनबारे मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विश्वासको मत लिन लागेको भन्दै कांग्रेसले मतदान प्रक्रिया बहिष्कार गरेको थियो
