काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत दिल्लीका करिब ४६ वर्षीय अस्लम सोकट रहेका छन् । भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका उनको साथबाट ४२२।५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।
विमानस्थलमा अस्वाभाविक रूपमा हिँड्डुल गरिरहेको अवस्थामा शंका लागेर जाँच गर्दा अन्डरवेयरभित्र लुकाएर ल्याइएको अवस्थामा उक्त परिमाणको सुन बरामद भएको प्रहरीको भनाइ छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।
