काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँ घटेको हो ।
अघिल्लो दिन सुनको मूल्य ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य आज तोलामा १६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
