काठमाडौं । बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १ सय रुपैयाँ तथा चाँदी ४० रुपैयाँ बढेको छ ।
महासंघले आज सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार २ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेसँगै ४ हजार ८१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ७७५ रुपैयाँ थियो ।
