वीरगञ्ज । बाराको निजगढ नगरपालिका–७ स्थित सुपर मार्केट नजिकै पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।
भदौ २ गते साँझ चपुरबाट निजगढतर्फ आउँदै गरेको ना.४८ प ५६९३ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेका साइकलयात्रीलाई पछाडिबाट ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट निजगढ नगरपालिका–९ निवासी ७५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको थियो।
अस्पतालमा उपचाररत श्रेष्ठको गएराति उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। मोटरसाइकल चालक तथा दुर्घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
