काठमाडौं । लगातार दुई दिन बढेको सुनको भाउ आज घटबढ भएको छैन । आज सुनको भाउ हिजो सोमवार जस्तै तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ७७० रुपैयाँ रहेको चाँदी आज घटेर तोलाको ४ हजार ७५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
