वीरगञ्ज । वीरगञ्जबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नंं. १ सिर्सियाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई गएराति नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ बस्ने ३५ वर्षीया श्यामु प्रसाद कुर्मी र रौतहटको दर्गा भगवती नगरपालिका वडा नम्बर ५ बस्ने ३४ वर्षीया रवीन्द्र्र शाह सोनार रहेका छन् ।
सिर्सिया स्थित स्थानमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



