२७ साउन,वीरगञ्ज । अत्यधिक गर्मी बढेपछि वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानको सत्रमा मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।
महानगरपालिकाले बुधबार सूचना जारी गर्दै विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरी २०८३ साल साउन २८ र २९ गते विद्यालयको कक्षा बिहान ६ बजेदेखि ९ः३० बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको हो।
वीरगन्ज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले महानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई उक्त समयमा अनिवार्य रूपमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ।
अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विद्यालय सञ्चालनको समय परिवर्तन गरिएको महानगरपालिकाले जनाएको छ।

