२७ साउन, काठमाडौं । थाइल्यान्डबाट हङकङ हुँदै करिब १८ किलो गाँजा अवैध रूपमा नेपाल भित्र्याएका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको विशेष टोलीले ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमारलाई पक्राउ गरेको हो । क्याथे प्यासिफिक एयरलाइन्सको उडानमार्फत बैंककबाट हङकङ हुँदै काठमाडौं ओत्रिएका उनीहरूले विमानस्थलको सुरक्षा जाँच र भन्सार छल्ने उद्देश्यले लगेजहरू भन्सार क्षेत्रमै छाडेर पछि कुनै नेपाली एजेन्टमार्फत रिसिभ गर्ने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिनुभएको छ ।
