राम मण्डल, वीरगञ्ज । पर्सा बारा लगायत मधेस प्रदेशका जिल्लाहरुमा मँगलबार पानी परेको छ । मँगलबार दिउँसो मौसममा परिबर्तन भई पर्सा बारा सहित मधेसका जिल्लाहरुमा पानी परेको हो । बितेको चैतदेखि नै निरन्तर रुपमा मधेसका जिल्लाहरुमा गर्मी बढदै गएको थियो ।

एका बिहानैदेखि लाग्ने चर्को घामका कारण अत्याधिक गर्मी भई मानिसहरुको चहल पहल बजारमा कम भएको थियो । तर मँगलबार दिउँसो मौसम चिसो भई पानी परेपछि पर्सा बारासहित मधेसबासीहरुले गर्मीबाट राहत महसुस गरेका छन ।

बढदो गर्मीका कारण मानिससहित रुख बिरुवाहरुले पनि पानी नपाएर सुक्न थालेका थिए । पानी परेसँगै रुख बिरुवाहरुमा पनि हरियाली छाउने देखिएको छ । बितेको बर्षदेखि नै पर्सा बारासहित मधेसका आठ वटै जिल्लाहरुमा गर्मीले पानीको मुहान सुक्न थालेको थियो ।



