काठमाडौं । सुनको भाउ आज सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ । सुन तोलामा २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको भाउ आज २५ रुपैयाँले बढेको छ । चाँदी तोलको ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ४ हजार ६४५ रुपैयाँ थियो ।
