वीरगञ्ज । पर्सा प्रहरीले अबेध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । वीरगञ्ज महानगरपालिका–२१ हनुमान मन्दिर स्थित सडकखण्डबाट हेटौडाबाट वीरगञ्जतर्फ आउदै सार्वजनिक सवारी साधनहरूबाट घरेलु मदिरा बरामद गरेको थियो ।
प्रहरी चौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले चार सय पचास लिटर मदिरा बरामद गरेकोमा जिल्ला प्रहरी कार्यालय पर्साको नजिकै रहेको खाली जग्गामा नष्ट गरिएको हो ।



