काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ। आजको खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच भिडन्त हुने छ ।
दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुँदै छ। जारी आईपीएलमा दिल्ली ११ खेलमा ५ जित हात पारेको छ भने ६ खेलमा हार बेहोरेको छ ।
१० अङ्कसहित दिल्ली अङ्क तालिकामा छैटौँ स्थानमा रहेको छ । त्यसै गरी राजस्थान यस सिजनमा १० खेलमा ८ जित हासिल गर्दै १६ अङ्कसहित अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ ।



