विशाल पटेल, वीरगञ्ज । बारा प्रहरीले ४५ लाख भन्दा बढीको मालसामान पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जबाट काठमाडौं जादै गरेको ना ६ ख ८०३२ नम्बरको ट्रक जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १ पथलैया चौकबाट नियनत्रणमा लिएको हो ।
बिशेष सुचनाको आधारमा प्रहरी चौकी पथलैयाले वीरगञ्जबाट काठमाडौं तर्फ जादै गरेको ट्रकमा हार्डवेयर पार्ट र अन्य खुद्रा सामानहरु नियनत्रणमा लिएको हो । बिल बिजाक भन्दा बढी सामानको ४८ लाख ४५ हजार २ सय १६ रुपैया बराबरको सामान रहेको बारा प्रहरीले जनाएको छ । सामान सहित ट्रकलाई आवश्यक कारवाहीको लागी राजश्व कार्यालय पथलैयामा बुझाईएको प्रहरीले जनाएको छ ।



