काठमाडौं । दीपमाला ढकाल मिस नेपाल २०२६ बनेकी छन् । ललितपुरको द प्लाजामा हिजो भएको फाइनलमा २३ जना प्रतिस्पर्धीलाई हराउँदै उनी मिस नेपाल २०२६ को ताज पहिरिन सफल भएकी हुन् ।
दीपमालाले यसअघि पनि मिस नेपाल हङकङ इन्टरनेश्नलको उपाधिसमेत जितिसकेकी छन् । त्यस्तै मिस नेपाल कस्मो कशिस सुब्बा र मिस नेपाल इन्टरनेश्नल उपाधि आर्या निशान्तले जितेका छन् ।
कशिस सुब्बाले अन्तर्राष्ट्रिय मञ्चमा १८ वर्षको उमेरमै नेपाललाई प्रतिनिधित्व गरेकी थिइन् । दीपमाला प्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छिन् । यसबाहेक उनी तेक्वान्दो ब्ल्याक बेल्ट खेलाडी र म्याराथन धावकसमेत छिन् ।
जनकपुरकी २४ वर्षीय आर्याले सन् २०२१ को मिस युनिभर्स नेपाल प्रतियोगिताको शीर्ष १० प्रतिस्पर्धीमध्ये एक थिइन् । उनले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातक गरेकी छन् ।
