वीरगञ्ज । बाराको फेटा गाउँपालिका वडा नम्बर १ चिलझपटी टोलमा भएको आगलागिमा परि चार जनाको घर जलेर नष्ट भएको छ । बिहीबार दिउँसो चिलझपटी टोल निवासी मेवालाल ठाकुर,सुदर्शन ठाकुर, सुशिला देबी ठाकुर र श्रीलाल पटेलको घर आगलागिले जलेर नष्ट भएको हो ।

आगलागिमा परि घरमा रहेको लताकपडा, गरगहना, खाधान्न ,नगद लगायतका सामानहरु जलेर नष्ट हुदा करिब २५ लाखका क्षति भएको पिडीतहरुले बताएका छन । आगलागिमा परि मेवालालको घरमा राखिएको दुई लाख नगद रकम पनि जलेको छ ।

घुरबाट सल्किएको आगो एकपछि अर्को घरमा फैलिएपछि चारवटा घर जलेको थियो । आगलागिलाई स्थानीय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।







