काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँहरूमा आज पनि तातो लहर कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले निकालेको बुलेटिन अनुसार पश्चिम तराईमा अत्यधिक गर्मी र देशका अन्य पहाडी भूभागमा भने वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा पनि पछिल्लो केहीदिन यता गर्मी कायमै छ ।
यसैबीच, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँहरूमा भने मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा पनि वर्षाको सम्भावना छ ।
कोशी प्रदेशका केही ठाउँ तथा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।
देशका विभिन्न भागमा एकातिर गर्मी र तातो लहरको असर देखिँदा अर्कोतर्फ केही पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकोले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।
