काठमाडौं । धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मिथिला बिहारी नगरपालिका–२ पुरनदाहास्थित सरकारी पोखरीमा अन्दाजी ४० वर्षीय पुरुङ मृत अवस्थामा भेटिएका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उक्त पुरुषको हालसम्म नाम, थर र वतन खुलेको छैन । नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।
