बारा । डिभिजन वन कार्यालय बाराले ३ नम्बर पुल नजिकको बस्ती डोजर लगाएर खाली गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा शुक्रबार बिहान डोजर लगाएर बस्ती हटाइएको हो ।
डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले वन क्षेत्र र निकुञ्जको क्षेत्रमा बस्ती रहेकाले हटाउनु परेको बताए । दुई हप्ता अघि सडक विभागको सूचना पछि त्रिभुवन राजपथको दुवैतर्फ २५–२५ मिटर आफैंले खाली गरेर व्यवसायीहरुले सडक सीमाभन्दा बाहिर व्यवसाय गरिरहेका थिए । त्यसैमा आज डोजर चलाइएपछि राज्यले दमन गरेको आरोप व्यवसायीहरुले लगाएका छन् ।



