२९ बैशाख, काठमाडौं । नेपाली बजारमा विगत दुई दिनदेखि ओरालो लागेको सुनको मूल्यमा आज मंगलबार व्यापक वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ४ हजार ४ सय रुपैयाँले बढेर प्रति तोला ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ । हिजो र अस्ति लगातार घटेको सुनको मूल्यमा आज आएको यो वृद्धिले पुनः बजार तताएको छ ।
यस्तै, चाँदीको मूल्य पनि निरन्तर बढ्ने क्रममा छ, आज तोलामा ३१० रुपैयाँ बढेर चाँदी प्रति तोला ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको छ । स्मरणीय छ, यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च बिन्दु ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो भने चाँदीले पनि सोही दिन ७ हजार ५ सय ५ रुपैयाँको कीर्तिमानी मूल्य कायम गरेको थियो ।



